Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

सन्राइज बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटलबिच छुट सम्झौता

सन्राइज बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटलबिच छुट सम्झौता


  • 2.1K
    Shares

    सन्राइज बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटलबिच छुट सम्झौता
    images

      सन्राइज बैंक लिमिटेड र इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच सम्झौता भएको छ । 

    ग्राहक वर्गको सेवा र सुबिधामा सधै तत्पर रहने यस सन्राइज बैंकले आफ्ना सम्पूर्ण ग्राहक माझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको हो । 

    उक्त सम्झौता अनुसार अब सन्राइज बैंकका सम्पूर्ण ग्राहक वर्गले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्र्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । 

    सो सम्बन्धी सम्झौतापत्रमा सन्राइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक श्री रविन कुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका ​​महाप्रबन्धक श्री अजय भारद्वाजले आइतबार हस्ताक्षर गरे । 

    इन्द्रप्रस्थ अपोलो हस्पिटल भारत स्थित एक प्रतिष्ठित अस्प्ताल हो जसले विभिन्न १४० देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । उक्त सम्झौता अनुसार सन्राइज बैंकका सम्पुर्ण ग्राहक वर्गले सन्राइज बैंकको  डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परिक्षण देखि भर्ना खर्च सम्ममा १० प्रतिशतसम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पु¥याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा अपोलो हस्पिटल अन्तर्गत भारतभरी रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

    यस योजनाले सन्राइज बैंकका सम्पूर्ण ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सन्राइज बैंकले बताएको छ । भारतमा उपचारको लागि जाने आम नेपालीको लागि लक्षित गरेर सन्राइज बैंकले छुटै ज्भबतिज ऋबचभ ऋबचम  पनि संचालनमा ल्याइसकेको छ भने अपोलो लगाएत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्च समेत सन्राइज स्वास्थ्य योजना अन्तर्गत सोधभर्ना लिन सकिने बैंकले जनाएको छ ।

     

    प्रकाशित मिति :बैशाख ११ २०८० सोमवार - १६:१७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij