Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

प्रकाश सपूतको गीत ‘सकम्बरी’बाट ‘शिरिषको फूल’ उपन्याससँग जोडिएका दृश्यहरु हटाउन माग

प्रकाश सपूतको गीत ‘सकम्बरी’बाट ‘शिरिषको फूल’ उपन्याससँग जोडिएका दृश्यहरु हटाउन माग


  • 2.5K
    Shares

    प्रकाश सपूतको गीत ‘सकम्बरी’बाट ‘शिरिषको फूल’ उपन्याससँग जोडिएका दृश्यहरु हटाउन माग

    गायक प्रकाश सपूतको गीत ‘सकम्बरी’लाई लिएर पारिजात स्मृति केन्द्रले आपत्ति जनाएको छ । केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले विज्ञप्ति जारी गर्दै पारिजातद्वारा लिखित ‘शिरिषको फूल’की पात्र सकमबरीसँग कुनै पनि प्रकारले मेल नखाने पात्र उभ्याउनु र उसलाई सकम्बरी नाम दिनु संयोगमात्रै नभएको उल्लेख गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘पुरुष पात्रलाई सुयोगवीर नाम दिनु र पुस्तकसमेत देखाउनुलाई संयोगमात्र मान्ने अवस्था देखिएन । यसरी पारिजातद्वारा लेखिएको कृति प्रयोग गर्न यस केन्द्रसँग कुनै स्वीकृति लिएको अवस्था पनि छैन । यसबाट प्रतिलिपि अधिकारको पनि उल्लंघन भएको छ ।’

    पारिजात स्वयं नारी सशक्तीकरणका लागि लडेको र महिलाको छविलाई नकारात्मक रुपमा प्रस्तुत गरिएको गीतमा अप्रासंगिक रुपमा पुस्तक र पात्रहरुका नाम सकमबरी, सुयोगवीर प्रयोग गरिएकोप्रति आफूहरुको आपत्ति रहेको विज्ञप्तिमा उल्लेख छ ।

    गीतले उपन्यासमाथि अन्याय गरेको र सपूतले क्षमायाचना गर्दै ‘शिरिषको फूल’सँग जोडिएका दृश्यहरु हटाउन माग गरिएको छ । दश दिनअघि सार्वजनिक सपूतको गीत ‘सकम्बरी’लाई अहिलेसम्म युट्युबमा १४ मिलियनले हेरेका छन् ।

    parihat.jpg

    प्रकाशित मिति :बैशाख ११ २०८० सोमवार - १४:३०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij