२०८२ माघ ८ गते बिहिवार
नेपाली फिल्म उद्योगमा कलाकार दयाहाङ राई र मिरुना मगरको जोडी लोकप्रिय छ।
दुई फिल्ममा जोडी कलाकारका रुपमा काम गरेका दया र मिरुनालाई दर्शकले मन पराएका छन्। दया र मिरुनाको हिट जोडीले आउँदो हरितालिका तीजको अवसरमा ‘नाङ्गो गाउँ’ दर्शकलाई उपहार दिने भएका छन्।
फिल्म निर्माण टिमले हरितालिका तीजको अवसर पारेर ‘नाङ्गो गाउँ’ आगामी भदौ २९ गते रिलि जगर्ने भएको छ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ र मिरुनाका साथमा कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारले शिर्ष भूमिका निर्वाह गरेका छन्।
हिमाल शर्माको प्रस्तुती रहेको फिल्ममा जय श्रेष्ठले लगानी गरेका छन्। फिलमको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज डेट सार्वजनिक गरेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij