२०८२ मंसिर ७ गते आइतवार
चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।
चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij