२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । बजेट अपुगको कारण करिब २२ हजार शिक्षकले चैत महिनाको पेन्सन (निवृत्तिभरण) नपाएको खुलेको छ ।
निवृत्तिभरण लिने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । बाँकी २२ हजारको निवृत्तिभरणको लागि बजेट अपुग भएको निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले बताए ।
१५ प्रतिशत तलब बढ्दा पेन्सन पनि बढ्ने भएकाले बजेट अपुग भएको प्रमुख खरेल बताउँछन् । उनी भन्छन् ‘बजेट बनाउने बेला तलब/पेन्सन बढ्छ भन्ने अनुमान थिएन । बीचमा आएर बढ्यो, त्यसले गर्दा नपुगेको हो ।’
उपत्यकाका तीन जिल्लाका साथै झापा, मोरङ, जनकपुर, भैरहवा लगायत १२ वटा जिल्लाका शिक्षकलाई पेन्सनको पैसा पठाउन बाँकी रहेको उनले बताए । उनका अनुसार कार्यालयले अर्थ मन्त्रालयमा पाँच अर्ब माग गरेको छ, तर आइसकेको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij