Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी


  • 2.2K
    Shares

    रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछनेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

    मौन अवधि सुरु भएपछि सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत भोट मागेको, आचारसंहिता विपरीत मतदान स्थलमा हुल गरेर असहज परिस्थिति सिर्जना गरेको जस्ता ५ वटा आरोप लगाउँदै रविविरुद्ध निर्वाचन अधिकृतको कार्यालय चितवन २ मा उजुरी परेको हो।

    नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेलले आयोगमा उजुरी दिँदै आइतबार साँझ ४ बजे आयोगमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशनबमोजिम रविलाई कारवाही गर्न माग गरेका छन्। उनले चितवनका प्रमुख जिल्ला अधिकारीलाई पनि कारवाही गर्न माग गरेका छन्।

    राप्रपाबाट उम्मेदवार रहेका रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएपछि मतदान रोकिएको थियो। तर रास्वपाले माफी मागेपछि मतदान पुन: सुरु भएको थियो।

    निर्वाचन आचारसंहिताले मतदान चलिरहेका समयमा कोही उम्मेदवारले पनि मतदातालाई प्रभावित पार्नेगरी सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने भनेको छ। तर निर्वाचन सुरु भएपछि आइतबार दिउँसो फेसबुमा लाइभ आएर रविले भोट मागेका थिए।

    प्रकाशित मिति :बैशाख १० २०८० आइतवार - १७:१३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij