Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दुर्घटनामा घाइते भएका सहायक हवल्दारको मृत्यु

दुर्घटनामा घाइते भएका सहायक हवल्दारको मृत्यु


  • 1.7K
    Shares

    दुर्घटनामा घाइते भएका सहायक हवल्दारको मृत्यु

    नेपाल प्रहरीका सहायक हवल्दार जनक धामीको मृत्यु भएको छ। बिहीबार मोटरसाइकल दुर्घटनामा परेका धामीको उपचारका क्रममा आइतबार बिहान ज्यान गएको कैलालीका एसपी विश्व अधिकारीले जानकारी दिए। सहायक हवल्दार धामी ट्राफिकमा कार्यरत थिए। 

    धनगढीको मोहनापुल–अत्तरिया सडकमा उनले चलाएको म १ प ३८७४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। सवारीसाधान चेकजाँचका लागि राजपुर गइरहेको बेला  गाईसँग ठोक्किएर दुर्घटना भएको थियो। 

    मेट्रो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको एसपी अधिकारीले बताए।

    प्रकाशित मिति :बैशाख १० २०८० आइतवार - ०९:४८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij