Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पत्नीको अवैध यौन सम्बन्ध थाहा पाएपछि युवकको हत्या, दम्पती नै ४ महिनापछि भारतबाट पक्राउ

पत्नीको अवैध यौन सम्बन्ध थाहा पाएपछि युवकको हत्या, दम्पती नै ४ महिनापछि भारतबाट पक्राउ


  • 2.1K
    Shares

    पत्नीको अवैध यौन सम्बन्ध थाहा पाएपछि युवकको हत्या, दम्पती नै ४ महिनापछि भारतबाट  पक्राउ

    एक युवकको हत्या गरी फरार दम्पतीलाई बारा प्रहरीले चार महिनापछि भारतबाट पक्राउ गरेको छ। बाराको विश्रामपुर गाँउपालिका-५, इटियाहीमा मंसिर २७ गते बाराकै जितपुर सिमरा उपमहानगरपालिका-८ घर भएका २२ वर्षीय महेश साहको हत्या भएको थियो। 

    साहको हत्यामा संलग्न आरोपमा प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका १५ भिस्वाका २४ वर्षीय रामु भन्ने कैलाश महतो र उनकी पत्नी २० वर्षीया रोशनी देवीलाई पक्राउ गरको हो। 

    हत्यापछि फरार महतो दम्पती भारतका विभिन्न ठाउँमा लुकेर बसेको थियो। घर आएको मौकामा उनीहरू लाई पर्साको नेपाल–भारत सीमा क्षेत्रबाट चार दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होवीन्द्र बोगटीले जानकारी दिए। 

    हत्यापछि रौशनी र कैलाश भारतका बिहार, दिल्ली, केरलालगायत ठाउँमा लुकेर बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ। भारत प्रहरीसँगको समन्वयमा उनीहरू लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    युवकको शव स्थानीय भुलन चौरसियाको खेतमा रहेको परालको भुसले छोपिएको अवस्थामा फेला परेको थियो। महेश र कैलाशकी पत्नी रोशनीबीच अवैध यौन सम्बन्ध रहेको र सोही कारण घटना भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    प्रहरीका अनुसार रोशनीका पति रोजगारीका लागि घर बाहिर रहँदा महेश र रोशनीबीच लामो समयदेखि यौन सम्बन्ध भइरहेको थियो। घटनाका दिन पनि महेश र रोशनीबीच इटियाहीमा भेट भएको थियो। 

    उनीहरू ले गोप्य रूपमा भेट गरिरहेको ठाउँमा पति कैलाश आएपछि घटना भएको हो। विवादपछि पती-पत्नी मिलेर महेशको हत्या गरेको प्रहरी उपरीक्षक बोगटीले बताए।

    प्रकाशित मिति :बैशाख १० २०८० आइतवार - ०८:१४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij