२०८२ माघ १४ गते बुधवार
नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ।
शनिबार मुख्यमन्त्री अधिकारीले प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा भन्दा धेरै मत विपक्षमा परेकाले उनी पदमुक्त भएका हुन्।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम गएको पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका उनले सत्ता साझेदार दल माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिएका हुन्।
मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा एमालेका २२ जना राप्रपाका २ जना गरी २४ जना सांसदले समर्थन गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ जना र माओवादी केन्द्रका ७ जना र मनाङबाट निर्विरोध चुनाव जितेर हाल नेकपा एकिकृत समाजवादी प्रवेश गरेका १ जना गरी ३५ जना सांसदले विश्वासको मत दिएनन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij