Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

लक्ष्मी बैंकको नाफा ४७.३१ प्रतिशतले बढ्याे

लक्ष्मी बैंकको नाफा ४७.३१ प्रतिशतले बढ्याे


  • 2.2K
    Shares

    लक्ष्मी बैंकको नाफा ४७.३१ प्रतिशतले बढ्याे

    लक्ष्मी बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०७९÷८० को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित भएको छ । 

    बैंकले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा यस बैंकले १ अर्ब २५ करोड ५३ लाख ४५ हजार खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा ४७.३१ प्रतिशतले बढि हो । 

    गत वर्ष यसैअवधिमा बैंकले ८५ करोड ८९ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २० करोड ८ लाख ४ हजार रूपैयाँ पुगेको छ ।   यता बैंकको खुद नाफा बढेसंगै खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । 

    चालु आर्थिक बर्षको ९ महिनामा बैंक्को खुद ब्याज आम्दानी ६४.०७ प्रतिशतले बढेर ४ अर्ब १९ करोड ३२ लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा यसले २ अर्ब ५५ करोड ५८ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । 

    यस्तै, सञ्चालन नाफा पनि ५७.६१ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ६५ लाख १४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा १ अर्ब २६ करोड ६७ लाख ८३ हजार रुपैयाँ भन्दा धेरै थियो ।

    चैत मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७ पैसाले बढेर १४ रुपैयाँ ६१ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९१ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ पनि १५६ रुपैयाँ ३५ पैसा छ । लक्ष्मी बैंक हाल सनराइज बैंकसँग मर्ज प्रक्रियामा रहेको छ । 

    प्रकाशित मिति :बैशाख ८ २०८० शुक्रवार - १६:०२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij