Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रचण्ड र ओलीबीच भएको छलफलमा मिलेन आज पनि ‘भागबण्डा’

प्रचण्ड र ओलीबीच भएको छलफलमा मिलेन आज पनि ‘भागबण्डा’


  • 2.1K
    Shares

    प्रचण्ड र ओलीबीच भएको छलफलमा मिलेन आज पनि ‘भागबण्डा’

    प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शुक्रवार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच दुई घण्टा छलफल भएको हो। 

    सो भेटको बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासाको संक्षिप्तमा जवाफ दिँदै अध्यक्ष ओलीले समसामयिक विषयमा कुराकानी भएको बताए। उनले भने, ‘अहिलेसम्म त्यस्तै त्यस्तै छ। विभिन्न समसामयिक विषयमा कुराकानी भयो।’

    अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँगको भेटपछि एमाले संसदीय दलको कार्यालयमा आएर संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक पदम गिरी लगायतका नेताहरुसँग पनि छलफल गरेका थिए। 

    प्रधानमन्त्री दाहाल र ओली बीचको भेटवार्ताको बारेमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले संसदीय समितिलाई छिटोभन्दा छिटो गठन गर्ने विषयमा दुई नेताहरुका बीचमा कुराकानी भएको बताए।

    छलफल भएपनि कुनै निस्कर्ष भने ननिस्किएको ब्रिफिङ अध्यक्ष ओलीले आफूहरु समक्ष गर्नुभएको उनको भनाई छ।

    उनले भने, ‘खासगरी अहिले विषयगत समिति र संयुक्त समिति जुन छन्, कसरी यो समस्यालाई हल गर्ने, छिटोभन्दा छिटो कसरी समिति निर्माण गरेर काम अगाडि बढाउने भन्ने विषयमा छलफल भयो। छलफल सघन ढंगले नै भयो तरपनि निस्कर्ष केही भएको छैन। त्यही ढंगले छलफल गर्यौं मात्रै भन्नुभयो। विषयगत समिति र संयुक्त समितिमा नै विशेषगरी छलफल केन्द्रित थियो। त्यस विषयमा छलफल चाहीँ भयो निस्कर्ष केही भएन भन्ने कुरा राख्नुभयो।’

    प्रमुख सचेतक गिरीले दुई नेताहरुका बीचमा कुनैपनि समझदारी बन्न नसकेको स्पष्ट पारे।
     

    प्रकाशित मिति :बैशाख ८ २०८० शुक्रवार - १३:४०:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij