Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

मनकामना केबलकार वैशाख १० गते बन्द हुने

मनकामना केबलकार वैशाख १० गते बन्द हुने


  • 3.2K
    Shares

    मनकामना केबलकार वैशाख १० गते  बन्द हुने
    images

    चितवनमा हुन गइरहेको उपचुनावका दिन मनकामना केबलकारको सेवा बन्द रहने भएको छ।

    चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्तिपीठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुँदा भिड बढ्ने र सुरक्षा संवेदनशील बढ्ने हुँदा सेवा बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

    उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रहअनुसार सेवा बन्द गर्न लागिएको हो। मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ। वैशाख ११ गतेदेखि केबलकार पुन: सञ्चालनमा आउने प्रालिले जनाएको छ। चितवन २ सहित तनहुँ १ र बारा २ मा वैशाख १० गते आइतबारका दिन उपनिर्वाचन हुँदै छ।

    प्रकाशित मिति :बैशाख ८ २०८० शुक्रवार - १३:०२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij