Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रधानन्यायाधीशमा सहमति खोज्न प्रचण्ड–ओलीबीच छलफल

प्रधानन्यायाधीशमा सहमति खोज्न प्रचण्ड–ओलीबीच छलफल


  • 1.8K
    Shares

    प्रधानन्यायाधीशमा सहमति खोज्न प्रचण्ड–ओलीबीच छलफल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । दुई नेताबीच सिंहदरबारमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक लगायतका मुद्दामा सहमति जुटाउने प्रयासस्वरुप दुई नेताबीच छलफल भएको बुझिएको छ ।

    यसअघि बुधबार बसेको संवैधानिक परिषदको बैठकमा संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रस्ताव गरे पनि अध्यक्ष ओलीले असहमति जनाएका थिए । 

    त्यसक्रममा ओलीले संसदीय समितिको पूर्णता दिएर मात्रै प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया सुरु गर्नुपर्ने बताएका थिए ।  

    प्रकाशित मिति :बैशाख ८ २०८० शुक्रवार - ११:०२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij