Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

माई खोला हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला, क-कसले दिन सक्नेछन् आवेदन?

माई खोला हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला, क-कसले दिन सक्नेछन् आवेदन?


  • 2.4K
    Shares

    माई खोला हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला, क-कसले दिन  सक्नेछन् आवेदन?

    काठमाडौं । माई खोला हाइड्रोपावरले आजदेखि आईपिओ बिक्री खुला गरेको छ । हाइड्रोपावरले सर्वसाधारणका लागि आईपिओ बिक्रीमा ल्याएको हो । यस आईपिओमा वैशाख १२ गतेसम्म आवेदन पाउने अर्थात उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने वैशाख २४ गतेसम्म खुला रहनेछ ।

    कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो । कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला भएको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

    कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै आइपीओ बिक्री गरिसकेको छ ।

    यस आईपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ । सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

    प्रकाशित मिति :बैशाख ८ २०८० शुक्रवार - १०:०८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij