Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

युनियन लाइफले पारित गर्‍यो तीन बिमा कम्पनी मर्जर सम्बन्धी प्रस्ताव

युनियन लाइफले पारित गर्‍यो तीन बिमा कम्पनी मर्जर सम्बन्धी प्रस्ताव


  • 3.3K
    Shares

    युनियन लाइफले पारित गर्‍यो तीन बिमा कम्पनी मर्जर सम्बन्धी प्रस्ताव

    युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभाले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक–आपसमा गाभ्ने–गाभिने (मर्जर)सम्बन्धी अन्तिम प्रस्ताव पारित गरेको छ । 

    विशेष साधारणसभाले मर्जरपश्चात् बन्ने जीवन बिमा व्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम गरी उक्त नामबाट जीवन बिमा व्यवसाय सञ्चालन गर्नेसम्बन्धी प्रस्तावसमेत पारित गरेको जनाइएको छ ।

    साथै, तीनवटै कम्पनीको सेयर अनुपात क्रमशः १ः१ कायम गर्ने, मर्जरसम्बन्धी कार्यका लागि गरिएको अन्तिम सम्झौतापत्र, सहमतिपत्र तथा अन्य भए–गरेका मर्जरसम्बद्ध सम्झौताको अनुमोदन गर्ने प्रस्ताव पनि पारित भएको जनाइएको छ । 

    त्यस्तै, चल–अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन तयार गर्नका लागि नियुक्त लेखापरीक्षक–मूल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक–आपसमा गाभ्ने–गाभिने प्रयोजनका लागि बाँकी काम कारबाही प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ  ।

    प्रकाशित मिति :बैशाख ७ २०८० बिहिवार - १३:१२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij