२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । बुधबार नेप्से परिसूचक १५.१३ अंकले बढेको छ। यस दिन नेप्से ०.७९ प्रतिशतले बढेर १९२०.१२ बिन्दुमा बन्द भएको छ। बुधबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिन बराबर भएको छ। निरन्तर ३ दिन ओरालो लागेको बजार आज भने सुधार तिर लम्किएको हो ।
बैंक तथा वित्तीय संस्थाका त्रैमासिक रिर्पोट सार्वजनिक भइरहेका छन् । त्रैमासिक रिपोर्टमा सुधार आउने अपेक्षाले लगानीकर्ता हौसिएका छन् । यता, लघुवित्तले सेयर बजारमा राम्रो हिस्सा ओगटेको छ । लघुवित्तको लाभांश राष्ट्र बैंकको कैचि प्रयोग लगायत भइरहेका आन्दोलनले केही लगानीकर्ता भने डराएको हुदाँ बजार अपेक्षा अनुसार माथि भने उठ्न सकेको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.१३ अकंले बढेर १९२०.१२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर किनबेच हुदाँ ८७ करोड २१ लाख ४१ हजार ११६ रुपैयाँको कारोबार भएकोछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij