Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नबिल बैंकसंगको सहकार्यमा सामसङले ल्यायो आकर्षक योजना

नबिल बैंकसंगको सहकार्यमा सामसङले ल्यायो आकर्षक योजना


  • 2.4K
    Shares

    • images
    नबिल बैंकसंगको सहकार्यमा सामसङले ल्यायो आकर्षक योजना
    images

    विश्वव्यापी रुपमा मन पराइएको स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५ जिको खरीदमा सिमित समयका लागि विशेष योजना शुरु गरेको छ ।

    यस योजनाको लागि सासमसङले नबिल बैंकसँग अप्रिल १२ मा  सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । जस अनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि खरीद गर्दा रु.२ हजार क्यासब्याक प्राप्त गर्नेछन् ।
     
    सामसङ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो । उपलब्ध भएदेखि नै तिन्मा विद्यमान असाधारण पर्फर्मेन्स र अद्भुत विशेषताहरुको कारण मोबाइल बजारलाई तताएकाे  छ ।

    यी दुवै मोडलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भनें यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रँगहरुमा उपलब्ध रहेका छन्।  ग्राहकहरुलाई अतुल्य उत्पादनको अनुभूति दिलाएको र क्यासब्याक अफरका साथ ग्यालेक्सी ए३४ ५ जि,  ग्यालेक्सी ए५४ ५ जि ग्राहकहरुका लागि अझ बढी सुलभ भएको छ ।

    ग्राहकहरुले उनीहरुसँग भएको नबिल बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत् चुनिएका स्टोरहरु अथवा ब्राण्डका शोरुमहरुबाट ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि खरीद गर्दा क्यासब्याक अफरको फाइदा लिन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ । 

    प्रकाशित मिति :बैशाख ५ २०८० मंगलवार - ११:५९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij