२०८२ भाद्र २ गते सोमवार
काठमाडौं। पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३२ नमुनामध्ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जना र १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी १०४ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
कोरोनाको सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् । सोमबार ६० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij