Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नयाँ शैक्षिकसत्र असारदेखि शुरू

नयाँ शैक्षिकसत्र असारदेखि शुरू


  • 7.9K
    Shares

    नयाँ शैक्षिकसत्र असारदेखि शुरू

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने बताएका छन् ।

    सफलता एचआइभी शिक्षा सदनले राजधानीमा मंगलबार गरेको सरस्वती पूजाको कार्यक्रम सहभागी श्रेष्ठले सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्रालयले नयाँ शैक्षिक सत्रको तयारी गरिरहेको बताएका हुन् ।

    श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषदमा पठाइएको र छिट्टै टुंगो लाग्ने पनि जानकारी दिए ।

    आगामी दिनमा एचआइभी संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट विनियोजन गर्ने पनि उनले बताए । श्रेष्ठले समाजमा चेतनाको कमीले एचआइभी संक्रमितहरूले अपहेलित र उपेक्षित जीवन बिताउनुपर्ने अवस्था रहेको भन्दै उनीहरूको कदर र सम्मान हुनुपर्ने बताए ।

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - १२:०७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij