Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

लुम्बिनीका मुख्यमन्त्री गिरीले पुन विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री गिरीले पुन विश्वासको मत लिने


  • 2.2K
    Shares

    लुम्बिनीका मुख्यमन्त्री गिरीले पुन विश्वासको मत लिने

    दाङ । लुम्बिनी प्रदेशसभाको बैठक यही वैशाख ११ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले वैशाख ११ गते बिहान ११ बजेका लागि बोलाएको हो ।

    उक्त बैठकमा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिने तयारी गरेका छन् ।   प्रदेश सभा सचिव दुर्लभकुमार पुनले हालसम्म विश्वासको मत लिनका लागि प्रदेशसभामा प्रस्ताव भने दर्ता भइनसकेको बताए ।

    तर, चैत १२ भित्र विश्वासको मत लिनैपर्ने भएकाले ११ गतेकै बैठकमा विश्वासको मत लिनेगरी तयारी अघि बढेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । गिरीले दोस्रोपटक विश्वासको मत लिनुपर्ने भएको हो ।

    सत्ता समीकरण अनुसार माओवादी केन्द्रलगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिन लागेका हुन् । 

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - १५:४५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij