Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

स्वतः खारेज भएको स्मार्ट टेलिकमको लाइसेन्स जोगाउने मुद्दामा अदालतको सुनुवाई चल्दै

स्वतः खारेज भएको स्मार्ट टेलिकमको लाइसेन्स जोगाउने मुद्दामा अदालतको सुनुवाई चल्दै


  • 2.2K
    Shares

    स्वतः खारेज भएको स्मार्ट टेलिकमको लाइसेन्स जोगाउने मुद्दामा अदालतको सुनुवाई चल्दै

    काठमाडौं । गत म्याद समाप्त भएसँगै स्वतः खारेज भएको लाइसेन्स जोगाइदिन भन्दै स्मार्ट टेलिकम अदालतको सरणमा गएको छ । कम्पनीको खारेज भइसकेको लाइसेन्स जोगाउने मागदाबी सहितको मुद्दामा अहिले पाटन उच्च अदालतमा सुनवाई भइरहेको छ ।

    न्यायाधीश दीपेन्द्र बहादुर बमको एकल इजलासमा सुनवाई भइरहेको स्मार्ट टेलिकमको लाइसेन्स भने स्वतः रद्द भएपछि सोमबार मात्रै प्राधिकरणले कम्पनीको सम्पत्ति नियन्त्रणमा लिने निर्णय गरिसकेको छ । प्राधिकरणले निर्णय गरे लगत्तै अदालतमा सुनुवाई सुरु हुनलाई धेरैले अर्थ पूर्ण रुपमा लिएका छन् । 

    स्मार्ट टेलिकम प्रालिको तर्फबाट अख्तियार प्राप्त रामनाथ बन्ठा थारुले गत बिहीबार उच्च अदालत पाटनमा लाइसेन्स जोगाइ दिनुपर्ने भाग राख्दै उत्प्रेषण मुद्दा दायर गरेका थिए । सरकारबाट लाइसेन्स जोगाउने प्रयास असफल भएपछि कम्पनी अदालततर्फ लागेको हो । मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सहित चारलाई विपक्षी बनाइएको छ । 

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - ११:५१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij