Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

प्रकाश सपुतको गीत ‘सकम्बरी’को चर्चासँगै आलोचना सुरु

प्रकाश सपुतको गीत ‘सकम्बरी’को चर्चासँगै आलोचना सुरु


  • 3.7K
    Shares

    • images
    प्रकाश सपुतको गीत ‘सकम्बरी’को चर्चासँगै आलोचना सुरु
    images

    गायक प्रकाश सपुतले सार्वजनिक  गरेको ‘सकम्बरी’ गीत प्रतिदिन चर्चाको शिखर चढ्दो छ । तीन दिन अगाडि सार्वजनिक गीतले केही दिनदेखि युट्युबको ट्रेन्डिङमा समेत कब्जा जमाएको छ । सामाजिक सञ्जाल टिकटकमा गीत प्रयोग गरेर भिडियो बनाउने पनि थुप्रै छन् । गीतको भिडियोले रेस्टुरेन्टमा काम गर्न पुगेकी एउटा निर्दोष केटीलाई कसरी मानिसहरूले नचाहँदा नचाहँदै गलत बाटोमा पुर्यदिन्छन् भन्ने देखाइएको छ । भिडियो पनि गायक सपुतले नै गरेका हुन् । 

    भिडियोको प्रशंसासँगै आलोचना पनि सुरु भएको छ । गीतले महिलाको भावनामाथि खेलबाड गरेको आरोप लगाइएको छ । कतिपयले प्रकाशले गीतमार्फत महिलाको आँसु र भावना बेचेको आरोप लगाएका छन् । वकिल तथा लेखक दुर्गा कार्कीले आफूले प्रकाश सपुतको गीत पुरै हेर्न नसकेको भन्दै आलोचना गरेकी छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मेरो दिक्दारी गीतलाई पस्कन सपुतले प्रयोग गरेको कमजोर रुने प्रवृत्ति हो ।’ त्यस्तै सुस्मा सिग्देलले आफूलाई समाजको जिम्मेवार कलाकार मान्ने प्रकाश सपुतले गीतबाट आफ्नै क्षेत्रका छोरी मान्छेहरूलाई बदनाम गराएको आरोप लगाएकी छन् । गीत कला क्षेत्रमा आफूलाई उभ्याउन सङ्घर्ष गरिरहेका छोरी चेली प्रहार भएको उनको भनाइ रहेको छ ।

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - ११:०५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij