Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

आठबीसकोट नगरपालिकाले गर्यो यस्तो निर्णय, २०० बढी करार शिक्षक हटाइने

आठबीसकोट नगरपालिकाले गर्यो यस्तो निर्णय, २०० बढी करार शिक्षक हटाइने


  • 1.8K
    Shares

    आठबीसकोट नगरपालिकाले गर्यो यस्तो निर्णय, २०० बढी करार शिक्षक हटाइने
    images

    खर्च धान्न नसकिने भन्दै आठबीसकोट नगरपालिका रुकुम पश्चिमले एकैपटक दुई सय बढी करार शिक्षकलाई जागिर बाट हटाउने निर्णय गरेको छ । पालिकाको विभिन्न सामुदायिक विद्यालयहरुमा कार्यरत २ सय ४६ जना करार सेवामा रहेका शिक्षकहरु हटने भएका हुन् ।

    आन्तरिक स्रोतबाट शिक्षकलाई तलब सुविधा दिन नसकिने भन्दै करार शिक्षक हटाउन थालिएको हो । नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षकहरूको करार सम्झौता नविकरण नहुने भएको छ । नगरपालिका ले करारमा नियुक्तगरेका शिक्षकको सम्झौता अब नविकरण नगर्ने बताएको छ ।

    नगरप्रमुख रवि केसीका अनुसार नगरपालिकाले आन्तरिक स्रोतबाट तलब दिंदै आएको र पालिकामा विद्यालय को संख्या धेरै भएकोले विद्यालय समायोजनमा सहज होस भन्ने उदेश्यले करार शिक्षक को सम्झौता नविकरण नगर्ने वैशाख २ गते शनिबार बसेको ७८ औं नगरकार्यपालिका बैठकले निर्णय गरेको बताए ।

    अनुसार नगरपालिकामा कार्यरत स्वयंसेवक, पीसीएफ र करार शिक्षक हटाइएको हो । आन्तरिक आम्दानी न्यून रहेको र वित्तीय समानीकरण अनुदानबाट तलब भत्तामा गरिएको खर्च बेरुजु देखिन आएकाले शिक्षक हटाइएको हो ।

    नगरपालिकाभित्र २ सय ४६ जना करार शिक्षक कार्यरत छन् । त्यस्तै नगरपालिकाले पाँच सय बराबर कर्मचारीलाई आन्तरिक स्रोतबाट तलब खुवाउँदै आएको छ । करार शिक्षक हटाएर दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा छलफल भइरहेको समेत बताइएको छ ।

    विद्यालय धेरै संख्यमा रहेको र आम्दानीले धान्न नसक्ने भएकाले पछि नियुक्त भएका करार सेवाका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको नगरपालिकाले जानकारी दिएको छ । अनावश्यक खर्च घटाउन चाहिने भन्दा बढी करारका कर्मचारीको साउन १ गतेदेखि म्याद नथप्ने निर्णय गरिएको केसीको भनाइ छ ।

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - १०:३२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij