Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

रविको घरको छतबाट खसेर चालक गम्भीर घाइते, एसपीको नेतृत्वमा अनुसन्धान हुँदै

रविको घरको छतबाट खसेर चालक गम्भीर घाइते, एसपीको नेतृत्वमा अनुसन्धान हुँदै


  • 2.6K
    Shares

    रविको घरको छतबाट खसेर चालक गम्भीर घाइते, एसपीको नेतृत्वमा अनुसन्धान हुँदै

    आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरको छतबाट खसेर एक पुरुष घाइते भएका छन्।

    सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका सभापति लामिछानेका गाडी चालक ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा घरको छलबाट खसेर घाइते भएको प्रहरीले जानकारी दिएको छ।

    सोमवार बिहान ४ बजे छतबाट खसेका शम्भुको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। आइतवार साँझ सभापति लामिछानेसहितका नेताहरू चितवनको घरमा पुगेर सुतेका थिए। तेस्रो तलामा सुतेका उनी बिहान छतबाट खसेका हुन्।

    अहिले एसपीसहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी विजयराज पण्डितले जानकारी दिए।

     

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - १०:२५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij