Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण: ६९ करोड घोटाला, विकल पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दर्ता

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण: ६९ करोड घोटाला, विकल पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दर्ता


  • 2.0K
    Shares

    सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण: ६९ करोड घोटाला, विकल पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दर्ता

    बहुचर्चित सेक्युरिटी प्रिन्टिङ प्रेसमा खरिद प्रकरणमा जोडिएका सुरक्षण मुद्रण केन्द्रका सीईओ विकल पौडेलसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ। 

    सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकको पावर सिस्टम खरिदमा भ्रष्टाचार गरेको ठहरसहित अख्तियारले आइतवार पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा हालेको हो। 

    अख्तियारले सीईओ पौडेल एक्लैविरुद्ध ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपैयाँ बिगो दाबीसहित मुद्दा चलाएको छ। 

    सुरक्षा मुद्रण केन्द्रका निर्देशक पौडेलले पावर सिस्टम खरिद गर्न बोलपत्रमा मिलेमतो, अस्वाभाविक लागत अनुमान सकार, गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मरलाई भुक्तानी र औचित्य नै पुष्टि नहुने बल्क फ्युल ट्यांक सिस्टम किनेर भ्रष्टाचार गरेका अख्तियारले जनाएको छ। 

    त्यसैगरी पौडेलसँगै मेकानिकलतर्फका तत्कालीन सीडीई (हाल वन तथा वातावरण मन्त्रालय) नवीनकुमार पोखरेलविरुद्ध पनि करोडौँको भ्रष्टाचारमुद्दा लागेको छ। उनीविरुद्ध ४९ करोड ४६ लाख ३५ हजार ९ सय ४५ रुपैयाँ बिगो अख्तियारले दाबी गरेको छ।

    अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत मुद्रण केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख ९३ हजार ८२७ रुपैयाँ बिगो मागसहित मुद्दा चलाएको छ। 

    यो प्रकरणमा अख्तियारले शाखा अधिकृत मनिकमान महर्जन, तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरीष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौलाई पनि भ्रष्टाचार मुद्दा लगाएको छ। 

     

     

     

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - १६:१२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij