Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

करेन्ट लागेर घाइते भएका उद्योगी श्रीसको मृत्यु

करेन्ट लागेर घाइते भएका उद्योगी श्रीसको मृत्यु


  • 2.1K
    Shares

    करेन्ट लागेर घाइते भएका उद्योगी श्रीसको मृत्यु

    बुटवल । करेन्टलागेर घाइते बुटवलका उद्योगी खेम श्रीसमगरको मृत्यु भएको छ ।

    एक महिनाअघि नवलपरासीको बर्दघाटमा विद्युतीकरणको काम गर्दा करेन्ट लागेर गम्भीर घाइते भई काठमाडौंमा उपचाररत श्रीसको आइतबार बिहान मृत्यु भएको हो ।

    नेपाल उद्योग व्यापार  महासंघका केन्द्रीय सचिवालय सदस्य एवं महासंघ लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष श्रीस बुटवल औद्योगिक क्षेत्रको बुटवल इलेक्ट्रोनिक्स एण्ड ट्रान्सर्फमर उद्योगका सञ्चालक हुन् ।

    ५७ वर्षीय श्रेष्ठ उद्योग व्यापार संघ बुटवलका पूर्वअध्यक्ष समेत हुन् । श्रीसको मृत्युले बुटवलको औद्योगिक क्षेत्रलाई ठूलो क्षति पुगेको नेपाल उद्योग व्यापार महासंघका महासचिव खेम पराजुलीले बताए ।

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - १०:२८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij