Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

संस्थापनइतर पक्षलाई ३ मन्त्री र १ राज्यमन्त्री दिने निर्णय

संस्थापनइतर पक्षलाई ३ मन्त्री र १ राज्यमन्त्री दिने निर्णय


  • 2.0K
    Shares

    संस्थापनइतर पक्षलाई ३ मन्त्री र १ राज्यमन्त्री दिने निर्णय
    images

    काठमाडौँ । नेपाली काँग्रेस शेखर कोइराला र गगन कुमार थापा पक्षले तीन मन्त्री र एक राज्यमन्त्री पाउँने भएको छ ।

    बिहिवार बालुवाटारस्थित नेता कोइरालाको सचिवालयमा बसेको संस्थापनइतर समूहले तिन मन्त्री र एक राज्यमन्त्री पाउने भएपछि अब भने मन्त्रीहरूको लिस्ट पठाउने निर्णय गरेको छ ।

    काँग्रेसले ८ मन्त्रालय पाएको छ जसमा काँग्रेसले ४ जनालाई मन्त्री बनाइसके पनि कोइराला पक्षसँग कुरा नमिल्दा बाँकि मन्त्री पठाएको थिएन ।

    यस भन्दा अगाडि काँग्रेसले पठाएका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योग मन्त्री र सीता गुरुङ सहरी विकास मन्त्री बनेका थिए।

    संस्थापनइतर समूह शेखर-गगन पक्षबाट ३ मन्त्री र एक राज्यमन्त्री हुनेछन्। उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, सांसद डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्य, राजेन्द्र बजगाईँ, मैना रावललगायत मन्त्रीका लागि आकाङ्क्षी रहेका छन्।

    प्रकाशित मिति :चैत्र ३० २०७९ बिहिवार - ११:२६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij