Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

नेपाल राष्ट्र बैंकले गर्‍यो चार विकास बैंकलाई कारबाही

नेपाल राष्ट्र बैंकले गर्‍यो चार विकास बैंकलाई कारबाही


  • 2.2K
    Shares

    नेपाल राष्ट्र बैंकले गर्‍यो चार विकास बैंकलाई कारबाही

    नेपाल राष्ट्र बैंकले चार विकास बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो। 

    यी चार वटै विकास बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमा भन्दा धेरै हुँदा कारबाही गरेको हो। राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंकलाई ३ लाख ३५ हजार, नारायणी डेभलपमेन्ट बैंकलाई ३ लाख ४ हजार र सप्तकोशी डेभलपमेन्ट बैंकलाई २२ लाख ७७ हजार रुपैयाँ जरिवाना गरेको छ। 

    राष्ट्र बैंकले चालु आवको दोस्रो त्रैमासमा सीडी रेसियो सीमाभन्दा माथि हुँदा यी बैंकलाई कारबाही गरेको जनाएको छ। 
    यसअघि पनि यी बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको थियो। 

    २०७९/०८० असोज मसान्तमा कर्पोरेट डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले १७ लाख ९३ हजार जरिवाना गरेको थियो।

    त्यसैगरी सोही अवधिमा सिन्धु विकास बैंकलाई ६ लाख ८२ हजार, नारायणी डेभलपमेन्टलाई ५ लाख ८ हजार र सप्तकोशी डेभलपमेन्टलाई ३० लाख ५९ हजार जरिवाना गरेको थियो।

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - १४:२५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij