Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

सशस्त्र प्रहरीको फेसबुक पेज अझै ह्याकरको पहुँचमा

सशस्त्र प्रहरीको फेसबुक पेज अझै ह्याकरको पहुँचमा


  • 1.8K
    Shares

    सशस्त्र प्रहरीको फेसबुक पेज अझै ह्याकरको पहुँचमा
    images

    काठमाडौँ । मङ्गलवार बिहानबाट ह्याकरले पहुँच बनाएको सशस्त्र प्रहरीको फेसबुक पेज अझै उनीहरूको पहुँचबाट बाहिर आएको छैन । अनधिकृत व्यक्तिको पहुँचमा रहेको फेसबुक पेजलाई पुरानै अवस्थामा फर्काउने प्रयास भइरहेको सशस्त्र प्रहरी प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले बताए । उनले भने–‘अनधिकृत व्यक्तिको पहुँचबाट फिर्ता ल्याउन लागिराखेका छौँ, हाम्रो आइटी टिमले काम गरिरहेको छ ।’

    मङ्गलवार बिहान १० बजेर ५९ मिनेटमा अनधिकृत व्यक्तिले पहुँच बनाएर भियतनामी भाषा पोस्ट गरेका थिए । बुधवार साँझसम्म फेसबुक पेज अनधिकृत व्यक्तिको पहुँचबाट मुक्त गराउने गरी सशस्त्र प्रहरीको आइटी टिमले काम गरिरहेको छ ।  

    यसअघि सशस्त्रको ट्विटर ह्यान्डलमा पनि ह्याकरले पहुँच बनाएका थिए । चैत २४ मा नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच राखेको आरोपमा स्याङ्जाका २१ वर्षीय सागर ढकाल पक्राउ परेका थिए । 

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - ११:४४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij