Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

वाणिज्य विभाग महानिर्देशकमा सहसचिव गजेन्द्रकुमार ठाकुर

वाणिज्य विभाग महानिर्देशकमा सहसचिव गजेन्द्रकुमार ठाकुर


  • 1.8K
    Shares

    वाणिज्य विभाग महानिर्देशकमा सहसचिव गजेन्द्रकुमार ठाकुर
    images

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव गजेन्द्रकुमार ठाकुरलाई दिइएको छ । 

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णय गर्दै सोमबारदेखि ठाकुरलाई महानिर्देशको जिम्मेवारी दिएका हुन् ।

    तत्कालिन उद्योग, वणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले १५ फागुनमा तत्कालीन महानिर्देशक महेश भट्टराईको सरुवा गरेका थिए । ठूला व्यावसायिक घरानाका व्यवसाय माथि अनुगमन गरेको, पोस्ता दानाको कोटा खुलाउन विभागबाट असहयोग गरेको आरोप लगाउँदै मन्त्री भण्डारीले उनको सरुवा गरेका थिए ।

    अर्धन्यायिक अधिकार भएको विभाग नेतृत्व विहीन हुँदा बजार अनुगमनदेखि विभागका दैनिका कार्य नै प्रभावित भएको थियो ।

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - १०:४८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij