Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

गोविन्दलाई जिताउने संकल्पसहित प्रदीप पौडेल पुगे तनहुँ

गोविन्दलाई जिताउने संकल्पसहित प्रदीप पौडेल पुगे तनहुँ


  • 1.7K
    Shares

    गोविन्दलाई जिताउने संकल्पसहित प्रदीप पौडेल पुगे तनहुँ
    images

    नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल गृहजिल्ला तनहुँ पुगेका छन् । बैशाख १० मा तनहु- १ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रहेका गोविन्द भट्टराईलाई चुनावमा भोट माग्न उनि तनहुँ पुगेका हुन् ।

    तनहुँ पौडेलको गृहजिल्ला समेत हो मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ २ बाट टिकटको आकाक्षां गरेपनि पार्टी सभापति शेरबहादु देउवाले टिकट नदिएपछि उनि काठमाडौं -५ बाट उठेर नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई भारी मतले पराजित गर्दै निर्वाचित भएका थिए ।

    तनहुँ -१ बाट निर्वाचित कांग्रेस सांसद् रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ १ निर्वाचन क्षेत्र खालि रहेको छ ।
    १० बैशाखमा हुने उपनिर्वाचनमा कांग्रेसबाट भट्टराइसँगै एमालेबाट पूर्व आईजीपी सर्बेन्द्र खनाल र कांग्रेस परित्याग गरेका स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका छन् ।

    नेपाली कांग्रेसले उपनिर्वाचनमा स्वर्णिम हराउने जिम्मासहित पार्टी महामन्त्री गगन थापा र तनहुँ-२ का सांसद शंकर भण्डारीलाई कमाण्डर बनाएको छ ।

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - १०:३९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij