२०८२ मंसिर १ गते सोमवार
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेशअन्तर्गत धारापानी शाखाले आउँदै गरेको १६औँ वार्षिकोत्सवलाई मध्यनजर गर्दै श्री मनकामना आधारभूत विद्यालय, नवलपुरमा विद्यालयको वार्षिक दिवसमा सीमान्तकृत विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सामग्री वितरण गरेको छ ।
कार्यक्रममा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलअन्तर्गत सीमान्तकृत विद्यार्थीहरूलाई आर्थिक र सामाजिकरूपमा विपन्न पृष्ठभूमिका सीमान्तकृत विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । शैक्षिक सामग्री वितरणलाई विद्यार्थी र उनीहरूका परिवारहरूले राम्रोसँग स्वागत गरेका थिए र उनीहरूको सहयोगको लागि शाखाप्रति कृतज्ञता समेत व्यक्त गरे । यो पहल प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नको लागि एउटा कदम हो भन्ने विश्वास बैंकले लिएको छ ।
निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत यस्ता शैक्षिक प्रदेशका अन्य शाखाहरूमार्फत पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बैंकले आगामी दिनहरूमा अन्य सशक्त ढंगबाट अगाडि बढाउने योजना रहेको जनाएको छ ।
बैंकले धारापानी शाखासहित देशैभरि फैलिएका आफ्ना एक सय ८२ वटा शाखा, एक सय ३९ वटा एटीएम तीनवटा विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij