Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

जावलाखेलले गुमायो शीर्ष स्थानमा उक्लिने अवसर, आर्मी ३-१ ले विजयी

जावलाखेलले गुमायो शीर्ष स्थानमा उक्लिने अवसर, आर्मी ३-१ ले विजयी


  • 1.6K
    Shares

    जावलाखेलले गुमायो शीर्ष स्थानमा उक्लिने अवसर, आर्मी ३-१ ले विजयी
    images

    त्रिभुवन आर्मी क्लबसँग ३-१ गोलको नतिजामा पराजित हुँदा जावलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा आर्मीलाई जित दिलाउन कप्तान जिलेस्पि जंग कार्की, नबयुग श्रेष्ठ र सुदील राईले गोल गरे ।

    सुरुआतदेखि जावलाखेलमाथि दबाव सृजना गरेको आर्मीलाई खेलको १७औं मिनेटमा कप्तान जिलेस्पिले गोल गर्दै अग्रता दिलाएका थिए । मिडफिल्डर सेसेहाङ आङदाम्बेले दिएको छोटो पासमा जिलेस्पिले आर्क नजिकैबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

    खेलको २५औं मिनेटमा जाबलाखेलका सुनिल खड्काको क्रसमा फोडे फोफानाको हेडर सिधै आर्मीका गोलकिपर समित श्रेष्ठको हातमा पुगेको थियो । पहिलो हाफको इन्जुरी समयमा जावलाखेलले बराबरी गोल फर्काउने निकै राम्रो मौका खेर फालेको थियो । हिसुब थपलियाले वान भर्सेज वानमा गरेको प्रहारमा पुनः आर्मीका गोलकिपर बाधक बनेका थिए ।

    पहिलो हाफमा १–० गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा पनि जावलाखेलमाथि आक्रमणको अबसरहरु बनाइराख्यो । दोस्रो हाफको पहिलो मिनेटमा सुदिल राईको क्रसमा ६ यार्ड बक्सभित्र रहेका जिलेस्पि कनेक्ट हुन नसक्दा आर्मीले अग्रता दोब्बर पार्ने मौका गुमाएको थियो ।

    आर्मीका नबयुग श्रेष्ठले ५५औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । जावलाखेलका अबदुल मजिदले जगजित श्रेष्ठलाई १८ यार्ड बक्सभित्र फाउल गरेपछि आर्मीले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टिमा नबयुगले कुनै गल्ति नगरी उत्कृष्ट गोल गरे ।

    निरन्तर आर्मीको अक्रमण खेपेको जावलाखेलका लागि खेलको ६२औं मिनेटमा सुनिल खड्काले गोल गर्दै टिमलाई खेलमा फर्काउने कोसिस गरेका थिए । हिसुबले दिएको छोटो पासमा सुनिल खड्काको सशक्त प्रहार आर्मीका किपरले जर्ज गर्ने मौका नपाउँदै गोलमा परिणत भएको थियो ।

    आर्मीका सुदिल राईले ८०औं मिनेटमा गोल गर्दै आर्मीको जित ३-१ गोलको जित शुनिश्चित गरे ।

    जितसँगै आर्मी ८ खेलमा १२ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ पराजित जावलाखेल १४ अंकसहित दोस्रो स्थानमा यथावत छ । आजको खेलमा आर्मीलाई पराजित गरेको अवस्थामा जावलाखेललाई १५अंकसहित शिर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबलाई पछि पार्दै शिर्ष स्थानमा उक्लिने अवसर रहेको थियो ।

     

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - १६:००:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij