Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

स्लोभाकिया पठाइदिन्छु भनी १२ लाख ठगेको आरोपमा युवक पक्राउ

स्लोभाकिया पठाइदिन्छु भनी १२ लाख ठगेको आरोपमा युवक पक्राउ


  • 1.9K
    Shares

    स्लोभाकिया पठाइदिन्छु भनी १२ लाख ठगेको आरोपमा युवक पक्राउ
    images

    काठमाडौं। स्लोभाकिया पठाइदिन्छु भनी १२ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ ।

    पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ घर भई हाल ललितपुर महानगरपालिका-१४ नख्खीपोट बस्‍ने ४६ वर्षीय उकराज नेम्वाङ रहेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    उनले पीडितसँग स्लोभाकिया पठाइदिने भन्दै १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - १५:४३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij