२०८२ भाद्र २ गते सोमवार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिन्धु विकास बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फन्ड नामक खुला मुखी योजनाका इकाइहरुको खरिद बिक्रीलाई अझै सरल, सहज र व्यवस्थित बनाउने उद्देश्यले योजनाको वितरक (एजेन्ट) का रुपमा नियुक्त गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना र सिन्धु विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले हस्ताक्षर गरेका छन् ।
यसअघि ‘एनआईबिएल सहभागिता फन्ड’ योजनाका इकाईहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा, नेपाल इन्भेष्टमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, गुडविल फाइनान्सका तोकिएका शाखा, सम्पन्न क्यापिटल तथा क्यापिटलको वेबसाइट मा गई विद्युतीय प्रणाली मार्फत हुँदै आइरहेको छ ।
यस योजनाले सञ्चालनको पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाइधनीलाई ८.२५ प्रतिशत, दोस्रो आर्थिक वर्षमा ५० प्रतिशत तथा तेस्रो आर्थिक वर्षमा ७.२० प्रतिशत नगद लाभांश प्रदान गरिसकेको छ ।
यस योजनामा लगानीकर्ताले भुक्तानीका लागि इ सेवा, खल्ती, कनेक्ट आईपीएस, थैली र नेपाल इन्भेष्टमेन्ट बैंकको ई–बैंकिङ प्रयोग गर्न सक्नेछन्। लगानीकर्ताले यस योजनामा लगानी गर्न व्यवस्थित लगानी योजना मार्फत दर्ता भई नियमित रुपमा पूर्वनिर्धारण रकम पूर्वनिर्धारित समयमा लगानी गर्न सक्ने व्यवस्था समेत रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij