Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

अर्को साता मारुती सुजुकीको फ्रन्क्स सार्वजनिक हुँदै, यी हुन् विशेषता !

अर्को साता मारुती सुजुकीको फ्रन्क्स सार्वजनिक हुँदै, यी हुन् विशेषता !


  • 1.8K
    Shares

    अर्को साता मारुती सुजुकीको फ्रन्क्स सार्वजनिक हुँदै, यी हुन् विशेषता !

    अटो निर्माता कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेडले भारतमा नयाँ एसयुभी-कूप 'फ्रन्क्स' सार्वजनिक गर्दैछ। कम्पनीले आगामी साता नै यो एसयुभी सार्वजनिक गर्ने बताएको भारतीय अखबारहरूमा उल्लेख छ। 

    कम्पनीले सन् २०२३ जनवरीमा भएको अटो एक्स्पोमा फ्रन्क्सको अनावरण गरेर प्रदर्शनीमा राखेको थियो। बिक्रीको लागि भने अब कम्पनीले आगामी सातादेखि उपलब्ध गराउने भएको हो। 

    हालसम्म कम्पनीले नयाँ सुजुकी फ्रन्क्सको मूल्य सार्वजनिक गरेको छैन। तर यसको सुरुआती बजार मूल्य भारु ८ लाख रुपैयाँ पर्ने अनुमान छ। फ्रन्क्सले बजारमा उपलब्ध टाटा पन्च, निसान म्यागनाइट र रेनोको काइगरसँग प्रतिस्पर्धा गर्ने बताइएको छ। 

    मारुती सुजुकीले फ्रन्क्सको लागि बुकिङ केही समय अघि नै खुलाएको थियो। 

    नयाँ फ्रन्क्स एसयुभी १.२ लिटर डुअलजेट इन्जिन र १.० लिटर टर्बो इन्जिन विकल्पमा उपलब्ध हुनेछन्। डुअलजेट इन्जिन ५ स्पीड म्यानुअल वा ६ स्पीड एएमटी गियरबक्समा उपलब्ध हुने बताइएकफ छ। यसले भएको मोटर इन्जिनले ९० पिएस पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ। साथै कम्पनीले मारुती फ्रन्क्स १.० लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा पनि राखेको छ। यसमा ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटसक ट्रान्समिसन भेरियन्टमा उपलब्ध हुनेछ। 

    गाडीको आवरण सानदार देखिनुका साथै विशेषताहरू पनि भरिपूर्ण रहेको कम्पनीको भनाइ छ। यसमा एरोडाइनामिक सिलहल, रुफ रेल र फराकिलो बोनेट छ।

    यो कालो र बोर्डो रंग गरी ९ विभिन्न रंग विकल्पमा उपलब्ध हुने बताइएको छ। गाडीले प्रति लिटर २० देखि २२ किलोमिटर रेन्ज दिने समेत अनुमान छ। 

    साथै यस एसयुभीमा ९ इन्चको एचडी स्मार्ट प्ले प्रो प्लस इन्फोटेनमेन्ट प्रविधि पाउन सकिन्छ भने यसले वायरलेस एप्पल कारप्ले र एनड्रोइड अटो कनेक्टिभिटी पनि समर्थन गर्छ। गाडीमा ३६० भ्यू क्यामेरा र वायरलेस चार्जर पनि दिइएको छ। 

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - १४:४७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij