Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक !

सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक !


  • 2.5K
    Shares

    सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक !
    images

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको आधिकारिक फेसबुक पेज ह्याक भएको आशंका गरिएको छ । मंगलबार उक्त अकाउन्टबाट भियतनामी शब्दमा पोस्ट राखिएपछि ह्याक भएको आशंका गरिएको हो ।

    सशस्त्र प्रहरी बलको उक्त फेसबुक पेजमा "ai đâu trở lại mùa thu trước" लेखी पोस्ट गरिएको छ । जसलाई अनुवाद गर्दा नेपालीमा 'जो गत शरदमा फर्किए' भन्ने अर्थ लाग्छ ।

    सशस्त्र प्रहरी बल कम्प्युटर विभागका एक कर्मचारीले अकाउन्टमा समस्या आएको स्वीकार गरे । "पेजमा समस्या आएको छ । हाम्रा साथीहरू समाधान गर्न काम गरिरहेका छन्," उनले भने ।

    यदि अकाउन्टबाट एड्मिन एक्सेस नगुमेको भए सो पोस्ट सहजै हटाउन सकिने साइबर सुरक्षा जानकारहरूले बताएका छन् ।

    "एपीएफको पेजमा अनधिकृत रूपमा प्रवेश गरेर विदेशी शब्दमा कन्टेन्ट राखेको देखिन्छ," नाम उल्लेख नगर्ने सर्तमा एक साइबर सुरक्षा जानकारले भने, "उहाँहरूले औपचारिक रूपमा नभने पनि हामीले बाहिरबाट हेर्दा अकाउन्ट ह्याक भएको देखिन्छ ।"

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - १२:५६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij