२०८२ मंसिर २ गते मंगलवार
विद्युतीय दुईपांग्रे ब्रान्ड अप्रिलिया र भेस्पाको आधिकारिक वितरकमा भिमसरिया ग्रुप नियुक्त भएको छ। यसअघि वितरक रहेको दुगड ग्रुपबाट दुई ब्रान्डको डिलरशिप खोसिएको हो।
योसँगै मोबाइललगायतका व्यवसाय गर्दै आएको भिमसरियाले यसको बिक्रीवितरण गर्ने ग्रुपले जनाएको छ। वितरक नियुक्त भएसँगै ग्रुप अब अटोमोबाइल व्यवसायमा समेत प्रवेश गरेको छ। उक्त ग्रुपका अनुसार अब नयाँ वर्षदेखि दुई ब्रान्डको बिक्रीवितरण सुरु हुनेछ।
यसअघि दुगड ग्रुपको दुगड ब्रदर्श एन्ड सन्सले अप्रिलिया र भेस्पाको बिक्रीवितरण गर्दै आएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij