Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा स्मार्ट टेलिकमलाई सेवा चुस्त–दुरुस्त बनाउन निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा स्मार्ट टेलिकमलाई सेवा चुस्त–दुरुस्त बनाउन निर्देशन


  • 1.7K
    Shares

    नेपाल दूरसञ्चार प्राधिकरणद्वारा स्मार्ट टेलिकमलाई सेवा चुस्त–दुरुस्त बनाउन निर्देशन
    images

    नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा चुस्त–दुरुस्त बनाउन निर्देशन दिएको छ।

    दूरसञ्चारले मंगलबार सूचना जारी गर्दै स्मार्ट टेलिकमलाई यस्तो निर्देशन दिएको हो। ‘स्मार्ट टेलिकमका सेवाह्र देशका केही स्थानमा नचलेको भन्ने बुझिन आएकोमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण’, सूचनामा उल्लेख छ।

    दूरसञ्चार सेवा अतिआवश्यक सेवाका रुपमा वर्गीकरण गरिएकोले अनुमतिपत्र बहाल रहँदासम्म नियम–कानुनको पालना गर्दै निरन्तर दूरसञ्चालक सेवा सञ्चालन गर्नुपर्ने दायित्व रहेको प्राधिकरणले जनाएको छ। 

    ‘अतः अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चालक सेवाको अनुमतिपत्र बहाल रहँदासम्म सेवाग्राहीले बिना कुनै अवरोध सेवा उपभोग गर्न पाउने गरी दूरसञ्चार सेवा चुस्तदुरुस्त रुपमा सञ्चालन गर्न स्मार्ट टेलिकमलाई निर्देशन जारी गरिएको छ’, सूचनामा भनिएको छ।

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - १०:५७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij