Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

उद्योग वाणिज्य महासङ्घको साधारणसभा आजबाट सुरु

उद्योग वाणिज्य महासङ्घको साधारणसभा आजबाट सुरु


  • 1.9K
    Shares

    उद्योग वाणिज्य महासङ्घको साधारणसभा आजबाट सुरु
    images

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा आजदेखि काठमाडौँमा सुरु हुँदै छ । उद्योगी व्यवसायीहरूको छाता संस्था महासङ्घको ५७ औँ साधारण सभाले महासङ्घको नयाँ नेतृत्व चयन गर्नेछ ।

    आजबाट सुरु हुने साधारणसभाले वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिद्यानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने बुधबारबाट निर्वाचन हुनेछ ।

    उद्योग वाणिज्य महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीन वर्षे कार्यकाल पछि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ ।

    नयाँ वरिष्ठ उपाध्यक्ष चुनिनका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी प्रतिस्पर्धामा छन् । साधारण सभाले महासङ्घको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला-नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक-एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।

    यसैगरी, वस्तुगत सङ्घबाट १४ जना, उद्योग वाणिज्य सङ्घबाट १८ जना, एसोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रिय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछन् ।

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - १०:१०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij