Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुबिच छलफल

सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुबिच छलफल


  • 2.2K
    Shares

    सभामुख निवासमा  प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुबिच छलफल

    काठमाडौँ । सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबिच छलफल सुरु भएको छ । 

    छलफलमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् । 

    तीन नेताहरूबिच सत्य निरूपण तथा मेलमिलाप आयोगलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । 

    यसअघि शनिबार दिउँसो सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा शीर्ष तीन दलका नेताबीच भएको छलफलमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले टीआरसी विधेयक फास्ट ट्र्याकबाट पारित गर्न आग्रह गर्दा ओलीले अस्वीकार गरेका थिए। उक्त विधेयक संसदीय समितिमा लैजानुपर्ने अडान ओलीको छ। 

    यसपछि प्रधानमन्त्री प्रचण्डले आज बैठक बसेर यस विषयमा कुरा टुंग्याउने बताएका थिए

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - ०९:४१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij