Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

एसियन पेन्ट्स नेपालका नयाँ उत्पादनहरू अब बजारमा

एसियन पेन्ट्स नेपालका नयाँ उत्पादनहरू अब बजारमा


  • 2.0K
    Shares

    एसियन पेन्ट्स नेपालका नयाँ उत्पादनहरू अब बजारमा
    images

    काठमाडौँ । एसियन पेन्ट्स नेपालले आफ्ना नयाँ उत्पादन बजारमा ल्याएको छ। कम्पनीले स्मार्टकयर समूहका नयाँ उत्पादन सिलिकन शिल्ड र हाइड्रोलक प्रस्तुत गरेको हो।

    कम्पनीले यही अप्रिल ७ मा २ सय डिलरमाझ ती नयाँ उत्पादन होटल सोल्टीमा एक कार्यक्रम गरी सार्वजनिक गरेको जनाएको छ।

    घरधनीहरुले भोग्नुपरेको एक प्रमुख समस्या नुनिया रहेको र यस कारण भित्री र बाहिरी दुवै भित्ताहरुमा समस्या आउन सक्ने कुरालाई मध्यनजर गर्दै नयाँ उत्पादन ल्याएको कम्पनीको भनाइ छ।

    कम्पनीले भनेको छ, ‘यी उत्पादनले भित्ताहरुमा ओस र नुनियाको समस्याहरुलाई रोकथाम गर्छ। अरु दुई उत्पादन रोयल प्ले समूहअन्तर्गत बारिक र स्टुको पनि सार्वजनिक गरेको छ।

    यी रोयल प्ले समूहका उत्पादनहरुले चाहिँ तपाइको घरको इन्टेरियरको सजावटलाई आकर्षक बनाउने सपनाहरु पूरा गरिदिन्छ।’

    कम्पनीका अनुसार सिलिकन शिल्डकोे एक जलप्रतिरोधक तत्व हो, जसमा उत्कृष्ट पेनीट्रेटिभ फर्मुलेसन रहेको छ, यो ईटाहरु, ढुङ्गाहरु र क्ले टायलहरुको लागि अनुकूल छ र तपाईंको घरको बाहिरी भित्ताहरुलाई नुनियादेखि जोगाएर भित्ताको स्वाभाविक सुन्दरतालाई कायमै राखिदिन्छ।

    त्यसैगरी हाइड्रोलक एक अर्को पेनीट्रेटिभ जलप्रतिरोधक सोलुसन हो जुन प्लाष्टर गरिएका भित्ताहरुलाई ओस र नुनियाबाट सुरक्षित राख्नका लागि प्लाष्टर माथि लगाउन अत्यन्त उपयुक्त छ ।

    रोयल प्ले बारिकले अरेबियन मरुभूमिहरुबाट प्रेरित रिच मेटालिक टेक्स्चर दिन्छ र यो ओसन वेभ र वोर्ल इफेक्टमा उपलब्ध छ।अर्कोतर्फ रोयल प्ले स्टुकोले प्रदान गर्ने फिनिसले तपाईंको भित्री भित्ताहरुमा मार्बलको अनुभूति दिलाउनेछ।

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - १५:२७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij