Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

आयात-निर्यातको प्रतिवेदन मन्त्रालयलाई बुझाउन भन्सार विभागलाई अर्थमन्त्रीको निर्देशन

आयात-निर्यातको प्रतिवेदन मन्त्रालयलाई बुझाउन भन्सार विभागलाई अर्थमन्त्रीको निर्देशन


  • 2.0K
    Shares

    आयात-निर्यातको प्रतिवेदन मन्त्रालयलाई बुझाउन भन्सार विभागलाई अर्थमन्त्रीको निर्देशन
    images

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभागसँग भन्सार नाकामा राजस्व संकलन कम हुनुको कारण माग गरेका छन् ।

    सोमबार काठमाडौंमा भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री डा. महतले प्रत्येक भन्सार नाकामा पछिल्लो समय हुने आयात निर्यातको प्रगति प्रतिवेदन मन्त्रालयलाई बुझाउन माग गरे ।

    उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारदेखि देशभरका भन्सार नाकामा राजस्वमा गिरावट आएको भन्दै राजस्व गिरावट आउनुको कारण माग गरेका हुन् ।

    उनले कुन भन्सार नाकामा कस्ता प्रकृतिका वस्तु आयात निर्यात भइरहेका छन् सोको बारेमा वास्तविक तथ्या‌ंक दिन समेत माग गरेका छन् ।

    अर्थमन्त्री महतले भन्सार नाकाहरुमा वस्तु आयात कम भई वा चोरी पैठारीका कारण राजस्व संकलन कम भएको भए यसको वास्तविक तथ्यांक विभाग प्रमुखले अर्थ मन्त्रालयलाई बुझाउन आग्रह गरे । उनले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका भन्सारमा राजस्व चुहावट भएको भन्ने व्यापक खबर आइरहेको भन्दै यसलाई भन्सार विभागको नेतृत्वले गम्भिरताका साथ लिनु पर्ने बताए ।

    उनले भन्सार प्रमुखहरुलाई कर्तव्यनिष्ट भएर नतिजामूलक काम देखाउन निर्देशन दिए । उनले भन्सारमा आयात निर्यात गर्ने उद्योगी व्यवसायीहरुलाई अनावश्यक दुःख नदिन भन्सार कर्मचारीहरुलाई आग्रह गरे । 

     

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - १२:३९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij