Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

मेरो आवाज होइन, अडियो सम्पादन गरी फसाउन खोजियो: ढाकाकुमार श्रेष्ठ

मेरो आवाज होइन, अडियो सम्पादन गरी फसाउन खोजियो: ढाकाकुमार श्रेष्ठ


  • 2.3K
    Shares

    मेरो आवाज होइन, अडियो सम्पादन गरी फसाउन खोजियो: ढाकाकुमार श्रेष्ठ
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड घूस मागेको भनेर सार्वजनिक भएको अडियो आफ्नो नभएको दाबी गरेका छन्।

    डा. श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घूस मागेको अडियो चैत २६ मा सार्वजनिक भएको थियो। जसमा उनले स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीलाई दुई करोड बुझाउनुपर्ने भएकाले सहयोग गर्न व्यवसायी प्रसाईंसँग आग्रह गरेको सुनिन्छ। अडियोमा व्यवसायी प्रसाईंले पनि मन्त्री बनेपछि आफूलाई सहयोग गर्नुपर्ने सर्त राख्दै दुई करोड दिने बाचा गरेको छन्।

    डा. श्रेष्ठले सोमबार प्रेस विज्ञप्ति जारी गरी अडियोमा रहेको आवाज आफ्नो नभएको दाबी गरेका छन्। उपचुनावको वेला नै अडियो बाहिर ल्याउनु आफू र पार्टीविरुद्धको प्रोपोगान्डा भएको जिकिर गरेका छन्। उनले भनेका छन्, “म आफैं दंग छु, यो आवाज मेरो होइन, चुनावको वेलामा नै आउनु कसैको प्रोपोगाण्डा हो।”

    पटकपटक विवादमा मुछिँदै आएका सांसद श्रेष्ठलाई यसअघि गत पुसमा उनी पूर्व अध्यक्ष रहेको साथी किसान सहकारीमा झन्डै एक करोड रुपैयाँ हिनामिनाको गरेको आरोप लागेको थियो। त्यति वेला सांसद श्रेष्ठले आफूले सबै जिम्मेवारी वर्तमान समितिलाई दिएको र रकम हिनामिना नगरेको प्रष्टिकरण दिएका थिए।

    त्यसअघि २०७४ सालमा उनले सञ्चालन गरेको शुभ बिहानी पोलिक्लिनिक अवैध रहेको तथ्य बाहिरिएको थियो। उनले औषधि पसल सञ्चालनको अनुमति लिएर १५ शय्याको अस्पताल सञ्चालन गरेका थिए।

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - १२:०९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij