२०८२ मंसिर २ गते मंगलवार
काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । बैठकको एजेण्डमा संसदीय समिति गठन, संयुक्त समिति गठनका लागि कार्यसञ्चालन गठनका लागि नियमावली संशोधन गर्ने प्रक्रिया र संसदमा बिचारधीन धिवेयकहरु अगाडि बढाउने विषय थिए ।
नेताहरुका अनुसार संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली बनाउन समिति गठन गर्ने निर्णय भएको छ । यकसा लागि नाम दिन दलहरुलाई भनिएको छ। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार १२ सदस्यीय नियमावली मस्यौदा समिति गठन गर्ने तयारी छ । तर, सदस्यका विषयमा अन्तिम निर्णय लिँदा थपघट हुन पनि सक्छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यहरुको संयुक्त दुई वटा समिति छन्। ती हुन-संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति । यी दुई समिति गठन गर्न संयुक्त समिति (कार्यसञ्चालन) नियमावली आवश्यक पर्छ ।
यसका अलावा सदनमा बिचाराधीन विधेयकहरुउपर सामान्य छलफल भएको नेताहरु बताउँछन् । सत्तारुढ दलले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्रयाकमा अगाडि बढाउने चाहना रहेको बताएका थिए । एमाले, राप्रपा लगायतका दलहरुले संसदीय समिति गठन गरेर दफावार छलफलका लागि पठाउनुपर्ने आफूहरुको अडान रहेको दोहोर्याए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij