Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

कर्णाली प्रदेश: एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

कर्णाली प्रदेश: एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै


  • 2.0K
    Shares

    कर्णाली प्रदेश: एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै
    images

    कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आइतबार एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन लागेको हो । सोमबार नै समर्थन फिर्ता लिने तयारी गरिएको एमालेका एक सांसदले जानकारी दिए ।

    १० पुसको समीकरणअनुसार २७ पुसमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो । यस्तै १७ चैत्रमा दोस्रोपटक पनि विश्वासको मत दिएको एमालेले समर्थन फिर्ता लिन लागेको हो । 

    चुनावी गठबन्धन ब्यूँतिएसँगै प्रदेशमा पनि सोहीअनुसार लागू गर्नुपर्ने भएकाले एमाले सरकारबाट अलग भएको हो । निवर्तमान मन्त्री एवं एमाले सांसद टेकराज पछाईले दलको बैठक बसिरहेकाले अबको केही समयभित्र नै आधिकारिक निर्णय आउने बताए ।

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - ११:३६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij