Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

सभामुख घिमिरेले पहिलोपटक बोलाए कार्यव्यवस्थाको बैठक

सभामुख घिमिरेले पहिलोपटक बोलाए कार्यव्यवस्थाको बैठक


  • 2.1K
    Shares

    सभामुख घिमिरेले पहिलोपटक बोलाए कार्यव्यवस्थाको बैठक
    images

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । गत ४ मंसिरमा सम्पन्न चुनावपछि पहिलो पटक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

    बैठक केहीबेरमा सुरु हुनेछ । बैठकमा संसदीय समिति गठन, संयुक्त समिति गठनका लागि नियमावली संशोधन र संसदमा विचाराधीन विधेयकहरु अगाडि बढाउने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

    प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरु सदस्य छन् ।

    गत चैत २३ गते गठन भएको कार्यव्यवस्था परामर्श समितिमा दलहरुका तर्फबाट अजयकुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ्ग, नागिना यादव, पदम गिरी, प्रदिप यादव,  महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सो.शी. (चौधरी), लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाई, हितराज पाण्डे र ज्ञानबहादुर शाही सदस्य छन् । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ ।

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - १०:२३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij