Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एनएमबी बैंक खल्तीमा लिंक गर्दा स्मार्टफोन जित्ने मौका

एनएमबी बैंक खल्तीमा लिंक गर्दा स्मार्टफोन जित्ने मौका


  • 1.9K
    Shares

    एनएमबी बैंक खल्तीमा लिंक गर्दा स्मार्टफोन जित्ने मौका

    खल्तीले एनएमबी बैंकसँगको सहकार्यमा एनएमबी बैंक खाता खल्तीमा लिंक गर्ने सेवालाई विशेष रूपमा सक्रिय गरेको छ। अब एनएमबी प्रयोगकर्ताहरूले आफ्नो बैंक खाता लिंक गरि केही ट्यापमा छिटो र सहज भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ। 

    खल्ती प्रयोगकर्ताले पहिलो पटक खल्तीमा एनएमबी बैंक लिंक गरे बापत रू. १०० बोनस पाउनेछन्। साथै, एक भाग्यशाली प्रयोगकर्ताले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पनि पाउनेछन्।

    बोनस खल्तीमा पहिलो पटक आफ्नो बैंक खाता लिंक गरि पहिलो भुक्तानी पुरा गरेका प्रयोगकर्ताहरूका लागि लागू हुनेछ।

    साथै, यस अफर अवधिमा आफ्नो लिङ्क गरिएको बैंक खाताबाट भुक्तानी गर्ने प्रयोगकर्ता मध्ये दुईजना भाग्यशाली प्रयोगकर्ताले अफर सकिए लगत्तै लक्कीड्र मार्फत स्मार्टफोन पनि जित्नेछन्। खल्ती प्रयोगकर्ताहरूले बैंक खाता लिङ्क गर्नका लागि उनीहरूको केवाईसी प्रमाणित हुनुपर्ने बैंकले जनाएको छ।

    यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्तीसँग आफ्नो बैंक लिंक गर्न उत्सुकतापूर्वक पर्खिरहेका सबै एनएमबी प्रयोगकर्ताहरूलाई प्रोत्साहित गर्न हामीले यो अफर ल्याएका हौँ। साथै बैंक लिङ्क गर्ने यो सुविधाले भुक्तानी सहज मात्र नभई स्वतन्त्र रूपमा पैसा व्यवस्थापन गर्न पनि मद्दत गर्दछ।’

    खल्तीको बैंक लिंक सुविधाले प्रयोगकर्ताहरूले युटिलिटि बिल, क्यूआर स्क्यान गरि भुक्तानी, उडान टिकट, बीमा भुक्तानी, मुभी टिकट, अन्य बैंक खातामा रकम ट्रान्सफर गर्ने जस्ता अन्य धेरै भुक्तानीहरू सीधै र छिटै लिङ्क गरिएको बैंक खाताबाट गर्न सक्द्छन्।

    यो अफर चैत्र २१  देखि जेष्ठ ५, २०८०  सम्म लागू हुनेछ। साथै, यदि बैंक खाता लिङ्क गरिएको छ भने खल्ती प्रयोगकर्ताले वालेट ब्यालेन्स लोड गर्न आवश्यक पर्दैन।
     

    प्रकाशित मिति :चैत्र २६ २०७९ आइतवार - १६:००:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij