Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

सांसद श्रेष्ठले २ करोड मागेको अडियो सार्वजनिक, छानबिन गर्दै रास्वपा

सांसद श्रेष्ठले २ करोड मागेको अडियो सार्वजनिक, छानबिन गर्दै रास्वपा


  • 2.7K
    Shares

    • images
    सांसद श्रेष्ठले २ करोड मागेको अडियो सार्वजनिक,  छानबिन गर्दै रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ। समानुपातिक सांसद श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न पार्टीलाई २ करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको कुराकानीको अडियो सार्वजनिक भएको हो।

    अडियोमा उनले मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेका मान्छेलाई उक्त पैसा बुझाउनुपर्ने उल्लेख गरेका छन्। उक्त रकम आफूले पाएर स्वास्थ्यमन्त्री भएपछि व्यवसायी प्रसाईंका पक्षमा काम गर्ने बताएका छन्। 

    उक्त अडियोका विषयमा आफूहरुले छानबिन गरिरहेको रास्वपा संसदीय दलका नेता डिपी अर्यालले बताएका छन्। उनले भने, ‘हामीले अडियो सुन्यौं। त्यस विषयमा अध्ययन गरिरहेका छौं। केही समयमा सत्यतथ्य सार्वजनिक गर्छौं।’

    प्रकाशित मिति :चैत्र २६ २०७९ आइतवार - १३:१८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij