२०८२ मंसिर २ गते मंगलवार
राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ । रास्वपाले पार्टीकोहित विपरीत काम गरेको निष्कर्ष निकाल्दै उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने भएको हो ।
श्रेष्ठलाई कारबाही गरिएको पत्र संसद् सचिवालयलाई पठाउने रास्वपाको तयारी छ । रास्वपाले स्वास्थ्यमन्त्री पाउने भएपछि श्रेष्ठको नाम चर्चामा थियो । तर, उनी मन्त्री भने भएनन् ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई बुझाउनुपर्ने भन्दै श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ सहयोग मागेको अडियो सार्वजनिक भएको थियो ।
‘हाम्रो भागमा स्वास्थ्य मन्त्रालय पर्ने भयो । मन्त्रीका लागि रवि सरलाई २ करोड बुझाउनुपर्ने कुरा आएको छ । मसँग पैसा छैन । अहिले एक करोड जति दिँदा हुन्छ । एक करोड चाहिँ चेक दिँदा पनि हुन्छ । त्यसैले अलिकति सहयोग चाहिएको छ,’ श्रेष्ठले अडियोमा भनेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij